दसदिने पत्रकारिता तालिम सुरु

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : ४८
दसदिने पत्रकारिता तालिम सुरु

भक्तपुर । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा शनिबारदेखि यहाँं दसदिने पत्रकारिता तालिम सुरु भएको छ । 

दक्ष पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिम विहान दैनिक दुई घण्टा हुने जनाइएको छ । तालिममा प्रयोगात्मकलाई विशेष जोड दिने तालिम संयोजक कृष्ण किसीले जनाए । 

संयोजक किसीका अनुसार तालिममा दैनिक विहान एक घण्टा सैद्धान्तिक र एक घण्टा प्रयोगात्मक हुने छ । दैनिक फरकफरक प्रशिक्षकहरुबाट तालिम दिइने छ । 
तालिमको उद्घाटन गर्दै आयोजक संघका अध्यक्ष डा इन्दुल केसीले समाजमा पत्रकारको भूमिकाबारे चर्चा गरे । 

एकजना असल पत्रकारले देशका लागि ठूलो योगदान दिन सक्ने चर्चा उनले गरे । रोम्वस स्कुल कलेजका प्रिन्सिपल डा राजेन्द्र कोजूले पत्रकारिता पेशा मात्रै नभई समाज सेवा पनि भएको बताए । इन्जिनियर राजन कुसी, तालिम संयोजक कृष्ण किसीले तालिमका विविध पक्षबारे चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस