गुल्मीमा ढुंगाले लागेर एक महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : ११
गुल्मीमा ढुंगाले लागेर एक महिलाको मृत्यु

गुल्मी । गुल्मीको हाडहाडेमा मोटरबाटो माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडे स्थित नादी मस्यारा झुल्केपोखरीमा ढुङ्गाले लागेपछि स्थानीय ३६ बर्षीया श्यामकुमारी मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिवार पोष्टमार्टमका लागि जिल्ला अस्पताल शव लिएर आएका स्थानीय समाजसेवी बाबुलाल नेपालीका अनुसार मुखिया त्यस मोटरबाटो उपभोक्ता समितिकी सदस्य थिइन् । घाँस काट्न गएको बेला माथि ढोजरले मोटरबाटो खन्दा खसेर भिरमा अड्किएको ढुङ्गा खसेर उनलाई लागेको थियो । 

प्रतिक्रिया दिनुहोस