जन्ती चढेको जिप दुर्घटना, पाँचजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १० : २६
जन्ती चढेको जिप दुर्घटना, पाँचजनाको मृत्यु

दाङ । जन्ती चढेको जिप  रुकुम पश्चिममा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । 

शुक्रबार साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका ८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै र वडा नम्बर ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आठबीसकोट नगरपालिका वडा नम्बर ८ को दाजेबाट जन्ती बोकेर वडा नम्बर १० को घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो । जिप सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले बताएको छ । जिप चालक वडा नम्बर ९ का डिल्लीबहादुर नेपाली फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस