नेपाली सेनाको सक्रियतामा नेपाल एकीकरणको इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरिने भएको छ । जसअनुसार "नेपाल एकीकरणको इतिहास वि.सं.१८०१-१८७२" सम्बन्धी पुस्तक लेखन कार्यमा संलग्न रहेका इतिहासविदहरु, गैरसैनिक इतिहास, भुगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषयविज्ञ सैनिक अधिकारीबीच बिहीबार जंगी अड्डामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न रहेका प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डाक्टर विनोद थापाले पुस्तकको सम्बन्धमा प्रकाश पारे ।
सो क्रममा प्राध्यापक डाक्टर भावेश्वर पंगेनी, प्राध्यापक डाक्टर टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले आ-आफ्ना राय तथा सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रमले नेपालको एकिकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको पहिचान गरी त्यस्ता विषयहरुमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव सहित प्रकाशित गरिने यो पुस्तक सर्वस्वीकार्य हुने विश्वास नेपाली सेनाले लिएको छ । सेना दिवस २०७७ मा सो पुस्तक विमोचन गर्ने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी
नेपाली सेनामा भर्ना खुल्यो
उपनिर्वाचनमा सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी
सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रियद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय