नेपालमा थप २३ जनाको मृत्यु, १६१४ जना संक्रमित थपिए, १४३७ जना निको भए

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १६ : ३४
नेपालमा थप २३ जनाको मृत्यु, १६१४ जना संक्रमित थपिए, १४३७ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ६१४ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

यस्तै २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । नेपालमा हाल १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४१२ पुगेको छ ।