जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १५ : १६
जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु

सांकेतिक तस्वीर

काठमाडौँ । बैतडीको झुलाघाँटबाट सदमुकाम गोठालापानी आउँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र दुर्घटनाको कारण यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस