आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, ०८ : ४९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाएको छ । अहिले देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली र तराइ क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा समेत आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस