काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा सांसद डा. शशांक कोइरालाले नेपाली काँग्रेसले बीपी कोइरालाका विचार अंगालेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।
बुधबार नेपाली काँग्रेस रामेछाप-काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए ।
'हाम्रो समाज हजारौँ वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने ।
समाजका लागि सोचे मात्रै राजनीति हुने बताउँदै उनले आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ ।
नेपाली समाज बर्सौँ पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको कोइरालाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० पुस २०८१, १६ : ५६
लेखकबाट थप