काठमाडौं । यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयबहादुर शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।
सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ । विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५ र ७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६ र ७७ लाई आधार मानेर सूची निकालिएको हो ।
विभागले हरेक वर्ष १ मंसिरका दिन कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गर्दै आएको थियो । तर, यो वर्ष सार्वजनिक बिदा र कोरोना भाइरसको महामारीका कारण साविकमा जस्तै कार्यक्रम गरी घोषणा भने सरकारले गरेन ।
विभागका अनुसार आव २०७५ र ७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।
बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ मंसिर २०७७, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र