सुनको मूल्यमा सामान्य वृद्धि

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १२ : ४७
सुनको मूल्यमा सामान्य वृद्धि

file photo

काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँ पुगेको हो । तेजाबी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदी तोलामा १२१० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस