काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वाससम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ । तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०५ मंसिर २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
मकैमा फौजी कीरा र फलफूलमा औँसाको सङ्क्रमण