काठमाडौं । इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ प्रस्ताव पारित भएको छ । बैंकको बुधबार बसेको साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
देशको पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न स्थापित नेपालको एउटामात्रै बैंकको रुपमा रहेको सो बैंकले चुक्ता पुँजीको ४० प्रतिशतले हुने ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेगरी तयारी गरेको थियो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको सो बैंकले सो आईपीओ निष्कासन गरेपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ ।
यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका जुनसुकै बैंक तथा वित्तीय संस्थाले स्थापनाको ३ आर्थिक वर्षभित्र अनिवार्य रुपमा सर्वसाधारणमा जानुपर्ने व्यवस्था छ । सोही अनुसार निफ्राको साधारणसभाले प्रस्ताव पास गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि बैंकले आवेदन दिनेछ । बोर्डबाट निष्कासन गर्न स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासन हुनेछ ।
बैंकले यही त्रैमासभित्र (पुस मसान्त) भित्रै आईओ निष्कासन गरिसक्ने लक्ष्य लिएर अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली बताउँछन् । इन्फास्ट्रक्चर बैंकमा हाल नेपाल सरकारसहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र कर्पोरेट हाउसको समेत लगानी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०७७, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला
आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर