औपचारिकतामै सकियो क्याबिनेट बैठक

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १९ : ०८
औपचारिकतामै सकियो क्याबिनेट बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक औपचारिकतामै सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमै बसेको थियो ।

बैठकमा खासै महत्त्वपूर्ण एजेण्डा नभएको र केही दैनिक प्रशासनिक विषयमा निर्णय गर्नुबाहेक अरु केही नभएको एक मन्त्रीले जानकारी दिए । 

नेकपाभित्रको विवाद उत्कर्षतिर पुगेको बेला प्रधानमन्त्री ओलीले एकाएक बुधबार बिहान दिउँसो २ बजेपछि बस्नेगरी बैठक राखेका थिए । कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस