चिनले छाङचङ” नं ५ ढुवानी रकेट तथा “छाङहो” नं ५ चन्द्रमा अन्वेषण यन्त्र यसै नोभेम्बर महिनाको अन्तमा प्रक्षेपण गर्ने भएको छ। उक्त जानकारी नोभेम्बर १७ तारिख चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन व्यूरोले दिएको हो। यस अघि छाङचङ नं ५ ढुवानी रकेटबाट मङ्गल ग्रहको अन्वेषणका लागि थेनवन नं १ अन्वेषण यन्त्रको सफलताका साथ प्रक्षेपण गरिएको थियो। छाङहो” नं ५ चन्द्रमा अन्वेषण यन्त्रको यस पटकको कार्य चन्द्रमाको अन्वेषण परियोजना मध्येको छैठौं हो र चन्द्रमाको बाहिरी भागको नमूना लिएर फर्किने योजना छ। सो ल्याइने नमूना चन्द्रमाको उत्पत्ति र विकास इतिहासको वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिने छ। हालसम्म अन्तरिक्ष क्षेत्रमा चीनले गरेको यो नै सबैभन्दा जटिल र कठिन कार्य हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ मंसिर २०७७, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको मृत्यु