चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदुर समेत ल्याएका छैनन् ।
इट्टा उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिए। “चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन” उनले भने, “तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।” उनका अनुसार जिल्लामा १८ वटा इट्टा उद्योग छन् । देशभरमा यो सङ्ख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उनको भनाइ छ ।
गत वर्ष सबै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदूर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्नेलगायत काम नहुने भएपछि उद्योग वन्द गरिएको हो । जिल्लाका साना एक दुई वटा सञ्चालन हुन सक्ने भए पनि अन्य सवै उद्योग बन्द हुने सापकोटाको भनाइ छ । गत वर्षपनि मंसिर महिनादेखि फागुनसम्म पटकपटक वर्षा हुँदा वनाएको इट्टा गलेर नोक्सान भएको थियो । दुई वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था नरहेको जिल्ला अध्यक्षसमेत रहेका सापकोटाले बताए ।
ठूलो सङ्ख्यामा मजदूर आवश्यक पर्ने भएकाले भौतिक दूरी कायम गरेर काम गर्न सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । सापकोटाले भने, ‘एक जना मजदूरलाई कोरोना सङ्क्रमण भएमा सबै जोखिममा हुन्छन् । यो जोखिम मोल्न नसकेर नै उद्योग खोल्न नसकेका हौं ।” एउटै इट्टा भट्टामा तीन सय सम्म मजदुरलाई काम लगाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ कार्तिक २०७७, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो