सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको ९७ हजार ७०० रुपैयाँ पुग्यो

सफल खबर संवाददाता

आइतबार, २३ कार्तिक २०७७, ११ : ५७
सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको ९७ हजार ७०० रुपैयाँ पुग्यो

फाइल फोटो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस