नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिवको निर्देशन

रासस

शुक्रबार, २१ कार्तिक २०७७, २० : ०९
नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिवको निर्देशन

फाईल तस्वीर

काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । 

पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उहाँले पहिला आफू सुरक्षित हुने र नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिनुभएको हो ।

सँधैभरी बन्दाबन्दी गरेर साध्य नहुने बताउँदै उहाँले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन र विकास निर्माणका काममा गुणस्तरीयता र समतालिकालाको पालना गराउन आग्रह गर्नुभएको छलफलमा सहभागी पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस