राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि मौन अवधि शुरु

शनिबार, २६ फागुन २०७४, १६ : २५
राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि  मौन अवधि शुरु

फागुन । राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कोहिपनि चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

 साथै आम सञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नपाउने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि मौन अवधिको पूर्ण पालना गर्न समेत आयोगले सरोकारवालामा अनुरोध गरेको छ ।

मौन अवधिमा पालना गर्नुपर्ने कुराहरु
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३०० मिटर वरिपरी राखिएका आ– आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,
३. एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,
४. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रतिक्रिया दिनुहोस