काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणीको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।
भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय लिएको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको श्रेष्ठले बताए । जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो भने भट्टराईको नाम पार्टी एकताका लागि निर्वाचन आयोगमा पठाएको निवेदनमा अशोक राईभन्दा पछाडि थियो ।
पार्टीको विधान परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत बैठकबाट पारित गरिएको बताइएको छ । जसपाको बैठकले कोभिड( १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत राजपाले गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ कार्तिक २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्छ : डा. भट्टराई
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र
स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : बाबुराम भट्टराई