काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ ।
सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए । यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ ।
बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोध समेत गरेको छ । यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरु समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०७७, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनमोहनलाई सम्झँदै भट्टराईले भने- नेपालले एक असल मित्र, भारतले एक अगुवा गुमाएको छ
कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्: अध्यक्ष भट्टराई
नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : बाबुराम भट्टराई
प्रतिनिधि सभा र प्रदेश सभा पूर्ण समानुपातिक बनाउनुपर्छ : डा. भट्टराई
बुढी गण्डकीको काम अघि बढाउन डा. बाबुरामले प्रधानमन्त्रीलाई बुझाए मागपत्र
स्थिर राजनीति र ठोस आर्थिक नीति बिना देश बन्न सक्दैन : बाबुराम भट्टराई