फोनिजको अध्यक्षमा चमारसिं लामा चयन

शनिबार, २६ फागुन २०७४, १० : ४१

धुलिखेल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) काभ्रेपलाञ्चोकको चौथो अधिवेशनबाट चमारसिं लामा(शिशिर)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

बनेपामा भएको अधिवेशनले उपाध्यक्षमा राजकुमार गोले, सचिवमा इन्द्रबहादुर थापा, सहसचिवमा सुनिता लुङ्वा र कोषाध्यक्षमा सुरज श्रेष्ठ तथा सदस्यमा जगतमान बल, काजल तामाङ, पुष्पा राई, विद्यासागर लामा, होमेन्द्र राना मगर, भीम जिम्बा, कार्यबहादुर राना मगर र तिब्बत दर्लामीलाई चुनेको छ ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा पेमा लामा, बुद्ध लोप्चन र अञ्जली तामाङ तथा केन्द्रीय प्रतिनिधिमा उजाड रक्तिम, दीपेन्द्र लामा, गंगा दोङ, हीरामान वाइबा, हीरामान बल र रामचन्द्र दनुवारलाई छानेको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष डण्ड गुरुङले अब कुनै वाद, क्षेत्र, समुदाय र लिंगका आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नपाइने बताउनुुभयो । फोनिजका महासचिव गजुरधन राईले फोनिजको केन्द्रीय समिति छैटौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको र ५१ जिल्ला शाखामध्ये १३ जिल्ला शाखामा अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मी कार्यबहादुर राना मगरलाई रु पाँच हजार पाँचसहित सम्मान गरिएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस