काठमाडौँ । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ । कोभिड १९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ ।
बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताए । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उनले गरे ।
अहिले व्यवसाय खुल्ला भएपनि तीन÷चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताए । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।
कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० असोज २०७७, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
चाडपर्व नजिकिएसँगै कृषिउपज बजारमा चहलपहल बढ्यो
तरकारीले बजार नपाउँदा किसान मर्कामा