पत्रकार शिव गाउँलेलाई मातृशोक

रासस

सोमबार, २६ असोज २०७७, १४ : ४९
पत्रकार शिव गाउँलेलाई मातृशोक

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । 

उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस