शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १६ : ५७
शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनले बताए ।