काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधि बिच आज वार्ता भइरहेको छ । डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य रहेका छन् । सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरु राख्दै डा. केसीले भदौ २९ गते देखि जुम्लाबाट अनसन शुरु गरेका थिए । डा. केसीले आमरण अनसन शुरु गरेको आज २५ औं दिन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ असोज २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आवासीय चिकित्सकको श्रम शोषणले सीमा नाघ्यो : डा. गोविन्द केसी
कर्मचारी भर्ना प्रक्रिया चाँडो नगरे सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी