काठमाडौँ । विश्व बैंक र एसियाली विकास बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण तथा अनुदान दिने भएका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकाससम्बन्धी दुई वटा परियोजनाको लागि विश्व बैंकले ४२ अर्ब रूपैयाँको ऋण स्वीकृत गरिसकेको छ ।
त्यसैगरी एसियाली विकास बैंकले बाढी नियन्त्रण र व्यवस्थापनसम्बन्धी परियोजनाको लागि ५ अर्ब रूपैयाँ ऋण स्वीकृत गरेको छ । त्यसमध्ये ४ अर्ब ऋण हो भने १ अर्ब अनुदान रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
सरकारको स्वीकृतिमा मन्त्रालयले दुबै दातृ निकायसँग थप चारवटा परियोजनाको लागि आवश्यक छलफल पनि अघि बढाएको स्रोतको दाबी छ । छिट्टै टुङ्गोमा पुगिने ती सहयोग परियोजनामध्ये एउटा कृषि क्षेत्रको विकास र अर्को ग्रामीण उद्यम तथा आर्थिक विकाससँग सम्बन्धित छन् । त्यस्तै विद्युत प्रशारणअन्तर्गत ग्रिड स्तरोन्नति र विमानस्थल क्षमता अभिवृद्धिसम्बन्धी परियोजना पनि पाइप लाइनमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ असोज २०७७, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व बैंकबाट पाकिस्तानले पाउने भयो ४० अर्ब डलर
विश्व बैंकद्वारा नेपाललाई दिने साढे १३ अर्ब ऋण स्वीकृत
आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने
नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर सहायता प्रदान गर्ने
उपप्रधानमन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच भेटवार्ता
विश्व बैंकको १५० मिलियन डलर ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने