ओली र प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, ११ : ४१
ओली र प्रचण्डबीच हुने भनिएको भेटवार्ता स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । 

भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित बताइएको छ । यस्तै वामदेव गौतम विरुद्धको मुद्दाको निर्णय पनि सर्वोच्च अदालतबाट आज आउँदै छ । 

प्रतिक्रिया दिनुहोस