नवलपरासी । नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ ।
साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरिएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमाका लागि देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युट प्रालि, भलुहीबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको सुनवल नगरपालिकाले जनाएको छ ।
योसँगै सुनवल नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाले धेरै ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस