चीन सीमाको विषयमा बोल्ने हुम्लाका सहायक प्रजिअसँग स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, ०८ असोज २०७७, १५ : ३२
चीन सीमाको विषयमा बोल्ने हुम्लाका सहायक प्रजिअसँग स्पष्टीकरण

हुम्ला । चीन–नेपाल सीमाको विषयमा बोल्ने हुम्लाका सहायक प्रजिअसँग स्पष्टीकरण मागिएको छ । 

हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको भनेर  हुम्लाका सहायक प्रजिअले बोलेका थिए । सोही विषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो ।

त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो ।

अशोज ३ गते शनिबार त्यसतर्फ गएका लागेको प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन। सहायक प्रजिअ हमालले  सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताए ।