बन्चरेडाँडा । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको चाहना बमोजिम सरकारले विकासका कामलाई तिब्रता दिएको बताउनुभएको छ ।
आईतबार नुवाकोट-धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल्ड साईटको अनुगमनका क्रममा मन्त्री मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अबको केही वर्षमा मुलुकमा विकासका गतिविधि तिब्र हुने र केही वर्षमा मुलुकले कायापलट फेर्ने बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको कल्पना र जनताको चाहना अनुसार समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न आफुहरु लागिपरेको पनि बताउनुभयो । मन्त्री मानन्धरले कोभिड संक्रमणका बीच पनि विकासका कामलाई तिब्रता दिइएको बताउँदै आगामी आर्थिक वर्ष सम्ममा धेरै परिणाम देखिने दाबी गर्नुभयो । जनताको चाहाना र समृद्धिको सपना पुरा गर्न आफुहरु निकै मेहनतका साथ लागिरहेको उहाँको भनाई थियो ।
बन्चरेमा कार्तिकदेखि फोहोर
मन्त्री मानन्धरले असोज महिनाभित्र ल्याण्डफिल्ड साईटको पहिलो फेज निर्माण सकिने बताउँदै कार्तिक पहिलो सातादेखि फोहर विसर्जन हुने जानकारी दिनुभयो । कोभिड संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले अब एक महिना भित्र साईड निर्माण सकिने दाबी गर्नुभयो । सकेसम्म दशैं अघि नै फोहर विसर्जन थालिने बताउँदै मन्त्री मानन्धरले आवश्यक पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको जानकारी दिनुभयो । पहिलो फेजका लागि ३४ करोडको ठेक्कामा काम भइरहेको छ ।
काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि दिर्घकालिन योजना सहित सरकारले स्यानेटरी ल्याण्डफिल्ड साईट बनाइरहेको छ । सामान्य अवस्थामा फोहर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तिमा ५० वर्षका लागि यो स्थानमा उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिनुभयो ।
कोभिड संक्रमणका कारण केही ढिलाई भएको बताउँदै मन्त्री मानन्धरले कामलाई तिब्रता दिन पनि निर्देशन दिनुभएको छ । सरकारले आवश्यक सबै पुर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको बताउँदै मन्त्री मानन्धरले काममा ढिलाई भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो । केही ठेकेदारको लापरबाहीका कारण सरकारका केही काममा प्रभावकारीता देखिन नसकेकव बताउँदै ढलाई गरि हुने काममा सम्झौता नहुने प्रस्ट पारे । मन्त्री मानन्धरले गुणस्तर कायम हुनेगरी तोकिएको मिति भित्र काम सम्पन्न गर्न निर्देशन दिंदै उपत्यकाको सहरी व्यवस्थापनका लागि बन्चरेडाँडा लाईफलाईन भएको बताउनुभयो । मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्याण्डफिल्ड साईट निर्माणमा कुनै अवरोध नरहेको बताउँदै स्थानीय जनताको जनगुनासो पनि सम्बोधन गरिने प्रतिवद्वता व्यक्त गर्नाभयो । जनताको सरकारले जनताको गुनासो सुन्ने र कार्यान्वयन समेत गर्छ भन्दै मन्त्री मानन्धरले सरकार जनताको अधिकार रक्षाका लागि सधैं तयार रहेको बताउनुभयो ।
निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले पहिलो फेज निर्माणको काम ८५ प्रतिशत सम्म सकिएको र असोज अन्तिमसम्ममा निर्माण सकिने जानकारी दिनुभयो । पोखरेलले निर्माणका क्रममा कोभिड र वर्षा बाधक बनेको बताउँदै अब एक महिनामा पहिलो फेज सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ असोज २०७७, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमै फर्किए रामवीर मानन्धर
रामवीर मानन्धरको कारबाही फुकुवा