काठमाडौं । पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए । तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए ।
‘उहाँले पार्टी छोड्नु भएको होइन, थिएन । चुनावमा छुट्टै उम्मेदवारी दिनुभएपछि फरक परिस्थिति बनेको थियो’ अध्यक्ष निरौलाले भने, ‘अहिले पार्टीमै सक्रिय हुनुभयो ।’एमालेबाट अलग भएको घोषणा नगरेकाले मानन्धरको प्रवेश कार्यक्रम जरुरी नभएको अध्यक्ष निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामवीर मानन्धरको कारबाही फुकुवा