काठमाडौं । महजोडीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’ युनिट मोफसल टुरमा निस्किएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मी भेट्दै प्रचार ब्यापक बनाउने उदेश्यले चलचित्र युनिट मोफसल टुरमा निस्किएको हो । ‘रुस्लान महशत्रु गते यात्रा २०७४’ नाम दिइएको यो टुरमा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले सहभागी छन् ।
टुरका क्रममा स्थानीय दर्शकलाई विभिन्न सांगीतिक प्रस्तुति समेत पस्किने छन् । आजबाट सुरु भएको टुर ३० गतेसम्म चल्नेछ । टुर २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ ।
मह सञ्चारको ब्यनारमा निर्माण गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । हरिवंश आचार्यको कथा रहेको चलचित्रको पटकथा निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद निर्देशक भट्टराई र हरिवंश आचार्यको रहेको छ ।
दिर्घ गुरुङको छायाँकन, मित्र गुरुङको सम्पादन रहेको चलचित्र दीपकराज गिरी , दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र ९ चैत्रबाट प्रदर्शनमा आउँदैछ ।
– टुरमा आफुले दर्शकसँग साक्षात्कार त गर्ने नै छु साथै आफ्नो प्रस्तुति पनि पस्किने कलाकार हरिबंसले बताए ।
– प्रचारप्रसार सामग्री त दर्शक माझ पुर्याइसकेका भएपनि त्यसको प्रभाव के छ भन्ने बुझनको लागि टुर आवश्यक रहेको निर्माता किरण केसीले बताए ।
प्रतिक्रिया दिनुहोस