मनकामना केवलकार २० बर्षमा : यात्रुको चाप बढेपछी तिन डब्बा थप्दै

शुक्रबार, ०८ मंसिर २०७४, १० : ५१
मनकामना केवलकार २० बर्षमा :  यात्रुको चाप बढेपछी तिन डब्बा थप्दै

मंसिर ८, चितवन ।  मनकामना केबलकार शुक्रवाबाट आफ्नो १९ औं बर्षगाँठ पुरा गरी बिसौं बर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो केवलकार मनाकामना केबलकारमा १९ बर्षको अवधीमा १ करोड २९ लाख यात्रु चढेका छन् ।

२०५५ मंसिर ८ गतेदेखी ब्यवसायीक रुपमा सञ्चालमा आएको केबलकारमा बार्षिक १० लाख यात्रु चढ्ने गरेको कम्पनीले जनाएको छ । स्वर्गिय लक्ष्मणबावु श्रेष्ठको परिकल्पनामा चितवनको कुरीनटार देखी गोरखाको प्रशिद्ध मन्दिर मनाकामना पुग्ने केबलकार निर्माण भएको थियो । मनकामना केबलकारले प्रति घण्टा ६ सय यात्रु बोक्न सक्ने कम्पनीका कार्यकारी निर्देशक राजेशबावु श्रेष्ठले बताए ।

यात्रुको चाप बढेसँगै २० औं बर्ष प्रवेशको अवसरमा मनकामना केबलकारले ३ ओटा डब्बा थप्ने भएको छ । ‘डब्बा थपेपछी दैनिक ६ सय यात्रु चढ्न पाउँछन्’ कार्यकारी निर्देशक राजेशबावु श्रेष्ठले भने, ‘हामीले यात्रुको चाप बढेको हुनाले क्षमता बढाउन लागेका हौं, तिनओटा डिब्बा थप्दै छौं ।’

केबलकार स्थापना भएसँगै कुरीनटार र मनकामना मन्दिर क्षेत्रमा ब्यपार ब्यवसाय बढेको छ भने स्थानियले रोजगारी पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस