काठमाडौं। सभामुख अग्निपसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ को पहिरो प्रभावित स्थलमा पुगेका छन्।
पहिरोको खबर प्राप्त हुनसाथ आज बिहानै स्थलमार्ग हुँदै काठमाडौंबाट गाडीमा सभामुख सिन्धुपाल्चोक पुगेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुखसहितको टोलीले पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गरेको हो।
सापकोटाले पहिरोपीडितहरूलाई राहत तथा पुनर्स्थापना गर्न अग्रसर भएर लाग्ने बताए । बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने उनको भनाइ थियो । ‘यहाँको भूबनौटको बारे गहिरो अध्ययन गरी त्यसको सिधै प्रधानमन्त्रीकहाँ प्रतवेदन बुझाएर एकिकृत बस्तीको योजनास्वरूप अगाडि बढाउँनेछौं। म काठमाडौं फर्किएर तत्काल यो काम शुरू गर्छ’ सभामुख सापकोटाले भने ।
बाह्रबिसे पहिरोमा बेपत्तामध्ये ७ जनाको शव फेला परेको छ । त्यहाँको २२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । सभामुखसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायतका नेताहरू पनि घटनास्थल पुगेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ भदौ २०७७, १३ : ३०
लेखकबाट थप