चितवनबाटै ‘विद्युतिय बस’ बिक्री वितरणको तयारी, कस्ता कस्ता छन् त बस ?

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, १० : ४६
चितवनबाटै ‘विद्युतिय बस’ बिक्री वितरणको तयारी, कस्ता कस्ता छन् त बस ?

चितवन । विश्व भरि नै विद्युतिय सवारी साधनको माग बढिरहेको बेला चितवनमा पनि विद्युतिय बसको विक्री वितरण शुरु हुने भएको छ । दिगो ग्रुप अफ कम्पनिजले नेपालमा भित्र्याएको तीन प्रकारका ‘दिगो ई–बस’, ‘दिगो ई ६–मिनी बस’ र ‘दिगो डाँफे–माइक्रो बस’ लाई चितवनमा भित्र्याउन लागिएको ग्रीन मोटर्स प्रा.लि.का संचालक विशाल पौडेलले जानकारी दिए । 

उनले भने–‘तीन वटै सवारी साधनका लागि बुकिङ खुल्ला गरि सकेका छौं, माग अनुसार हामी चितवमा भित्र्याउँछौं ।’ कोरोना भाइरसका कारण सिर्जित लकडाउन र निषेधाज्ञाका कारण ती गाडी चितवनमा ल्याउन ढिलाइ भएको बताए । उनले छिट्टै तीन प्रकारकै गाडी सार्वजनिक गर्नुको साथै शोरुम समुद्घाटन संचालनमा ल्याईने बताए ।

दिगो ग्रुप अफ कम्पनिजले विश्व विद्युतीय सवारी साधन दिवस ‘वल्र्ड इभी डे’ को अवसरमा  नेपालमा भित्रयाएर तीन वटा विद्युतीय गाडी सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई ६–मिनी बस र दिगो डाँफे–माइक्रो बस हुन् । यी गाडीहरुको प्रारम्भिक मूल्य क्रमशः दिगो ई–बसको १ करोड २६ लाख ५० हजार, दिगो ई ६–मिनी बसको ९० लाख र दिगो डाँफे–माइक्रो बसको ४४ लाख रुपैयाँ पर्नेछ ।

कुन गाडीको कस्तो छ विशेषता ?

१.दिगो ई–बसः
दिगो ई–बस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सनबार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी ३ प्लस रेडियो, चार्जिबरिसेप्टेकल, एयर कन्डिसनर, हेडरेललगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ ।

सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिब्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहर भित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्टसटललगायतमा प्रयोग गर्न सकिन्छ ।

१२९ किलोवाट आवरको लिथिअम आइरनफस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २०० किलो मिटरसम्म गुड्छ । यसको प्रतिकिलो मिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रति किलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

२. दिगो ई ६ (मिनीबस)

प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई ६ मिनीबस सुविधा र बसभित्र उपलब्ध हुने अन्य सम्पूर्ण व्यवहारिक विशेषताको मिश्रण हो । यसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ । आफ्नो व्यवसायलाई अगाडि बढाउन यो एउटा उत्कृष्ट सवारी साधन हो । दिगो ई ६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न र सहन विकास गरिएको सवारी साधन हो ।

यो उच्चतम सुविधा, लागत न्यूनीकरणरका र्बन निष्प्रभावी बनाउन पुनः परिभाषित बिलासी यात्रु बाहक सवारी साधन हो । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७, २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहर भित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक एण्ड ड्रप, स्कुल भ्यान तथा साइट सिइबभेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।

८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनी बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २१० किलोमिटरसम्म गुड्छ (एनइडिसी २८० किलोमिटर) । यो बसको प्रतिकिलो मिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँप्रति किलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

३. दिगो डाँफे (माइक्रोबस) 
११ सिटको दिगो डाँफे डिजाइन, सुविधा र विश्वसनीयताको प्रतीक हो । यो बलियो बहुउद्देश्यीय विद्युतीय माइक्रो बस यात्रालाई सजिलो र आरामदायी बनाउनुका साथै बढी भन्दा बढी आम्दानीका लागि प्राविधिक रुपमा उन्नत विशेषताले भरिपूर्ण छ । डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिकर ड्रप, स्कुल भ्यान तथा साइट सिइब भेहिकलको लागि उत्तम विकल्प हो ।

४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३०० किलोमिटर) । यो माइक्रो बसको प्रति किलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ जुन डिजेलको करिब ९ रुपैयाँ प्रति किलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

प्रतिक्रिया दिनुहोस