चितवन विषेश

के भन्छिन् बाईपास रोडको बारेमा ईन्जिनियर कोईराला ?

मंगलबार, २२ फागुन २०७४, १६ : ३५
के भन्छिन् बाईपास रोडको बारेमा ईन्जिनियर कोईराला ?


भरतपुर : सडक विस्तार गर्दा हटाउनुपर्ने विद्युतको पोल, टेलिफोनको लाईन हटाउन नसक्दा बाईपास रोड निर्माणमा कठिनाई भएको छ । कार्यालयले सडकखण्डमा पर्ने विद्युतको पोल ,टेलिफोनको लाईन तथा खानेपानीका पाईप हटाउन ३० लाख छुटाएको छ ।

कार्यालयले छुटाएको बजेटमा यी कामहरु गर्न नसकिने भन्दै नेपाल विद्युत प्रधिकरण भरतपुर र नेपाल टेलिकम भरपुरले पोलहरु सारेका छैन्न । १२ करोड ८१ लाख ८२ हजार बजेटमा निर्माण हुन लागेको सडकखण्डमा पोलहरु सार्न विद्युत प्रधिकरणले २ करोड ५० लाख र टेलिकमले १७ लाख खर्च लाग्ने बताएका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरकी ईन्जिनियर गीताञ्जली कोईरालाका अनुसार टेलिकमले क्याविनेटहरु सार्ने काम गरी सकेको छ,विद्युतको पोलमा टेलिकमको लाईन जाने भएकाले त्यो काम पनि रोकिएको छ । विद्युत कार्यालयका पदाधीकारी र सडक कार्यालयमा पदाधिकारीले सडकको अवलोकन ग¥यौ,उनले भनिन“अहिलेसम्म स्टिमेट आएको छैन । रुखहरु काट्नको लागि दिएको निवेदन वन विभागमा रोकिएको छ ।”

गत बर्ष पुस १९ गते गौरी पार्वती निर्माण सेवा सगँ डिभिजन सडक कार्यालयसगँ २०७४ साल चैत १८ सम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ईन्जिनियर कोईरलाले विद्युतको पोल, टेलिकमको लाईन र रुख नकाटेसम्म कामलाई गति दिन नसकिने बताईन् ।

केन्द्रिय बस टर्मिन देखि आपटारीसम्म बन्न लागेको सडकको लम्बाई ४ दश्मलव ४ किलोमिटर सडक १४ मिटर चौडा हुनेछ । ५० एमएम मोटाईमा स्फाल्ट कंक्रिटको प्रयोगमा सडक निर्माण हुने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस