काठमाडौं । नेपाल, भारत र चीनमा अवस्थित ४७ हिमताल फुट्नसक्ने भन्दै एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो ।
यूएनडीपी र इसिमोडले संयुक्त रूपमा गरेको सो अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमतालहरू जुनसुकै बेलामा पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकोे छ । इसिमोड र यूएनडीपीले गरेको अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ भदौ २०७७, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोलुखुम्बुको पासाङ थामे हिमताल फुट्दा ५ घरमा क्षति
जोखिममा हिमताल, सावधानीको खाँचो
गोरखामा हिमताल फुट्दा भीषण बाढी, एउटा पुल बगायो