काठमाडौँ । सोलुखुम्बुको पासाङ थामे हिमताल फुटेको छ । हिमताल फुट्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेगाउँ डुबाएको छ । होस्टेल सहितको एउटा विद्यालयमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन् ।
उनका अनुसार मानवीय क्षति भने के कति भयो भन्ने बारे जानकारी आएको छैन । प्राप्त जानकारी अनुसार ५ बटा घरमा क्षति पुगेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
पालिकाले हिमताल फुट्दा थामे गाउँमा ठूलो क्षति भएको भन्दै उक्त क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जोखिममा हिमताल, सावधानीको खाँचो
गोरखामा हिमताल फुट्दा भीषण बाढी, एउटा पुल बगायो