काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुट्नेदेखि भीड हटाउने प्रहरीसम्मलाई कोरोना पोजेटिभ देखिएको छ ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरी कमल घिमिरेमाथि निर्घात कुटपिट भएको थियो । कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको अत्याधिक भीड हटाउन खटिएका प्रहरीलाई समेत कोरोना देखिएको छ ।
झडपमा सहभागी भएका प्रहरीलाई पनि कोरोना देखिएको छ । प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ तानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ भदौ २०७७, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी