काठमाडौं । रूसी वैज्ञानिकहरूले आफ्नो देशले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको बारेमा पहिलो रिपोर्ट प्रकाशित गरेका छन । रिपोर्टमा खोपको परिक्षणले प्रतिरक्षा प्रतिक्रिया सफल भएको दाबी गरिएको छ ।
मेडिकल जर्नलमा ‘द लान्सेट’ ले प्रकाशित गरेको प्रतिवेदनमा भनिएको छ कि हरेक सहभागीमा भाइरससँग लड्न एन्टबडीहरू विकास गरेको थियो र यसको कुनै गम्भीर साइड इफेक्ट पनि थिएन् । रसियाले अगस्टमा स्थानीय प्रयोगको लागि खोपको इजाजतपत्र दियो, यसो गर्ने पहिलो देश रसिया हो । खोपको बिषयमा आलोचना बढिरहेका बेला मस्कोले आलोचकहरूलाई जवाफको रूपमा नतिजाको स्वागत गर्यो ।
केही पश्चिमी विज्ञहरूले रसियाको कामको गतिबारे चिन्ता व्यक्त गरेका थिए । गत महिना राष्ट्रपति भ्लादिमीर पुटिनले खोपले सबै आवश्यक जाँचहरू पार गरिसकेको र उनको आफ्नै छोरीलाई दिएको जानकारी गराएका थिए ।
रिपोर्टले के भन्छ ?
कउगतलष्प(ख नामक खोपको दुईवटा परीक्षण जुन र जुलाई बीचमा गरिएको ‘द ल्यान्सेट’ पत्रिकाले जनाएको छ । प्रत्येकमा परिक्षणमा स्वस्थ्य ३८ स्वयंसेवकहरू थिए, जसलाई खोपको एक डोज र त्यसपछि बुस्टर भ्याक्सिन तीन हप्ता पछि दिइयो ।
१८ देखी ६० वर्ष बीच उमेरका दिईएको खोपको सहभागीहरू ४२ दिनसम्म निगरानी गरियो र ती सबैले तीन हप्ता भित्र एन्टिबडीहरू विकास गरे । विवरणमा जनाईए अनुसार सामान्यतया खोपको सबैभन्दा साइड इफेक्टकार रुपमा टाउको दुखाइ र जोर्नी दुखाइ बनेको बताईएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, १० : १०
लेखकबाट थप