काठमाडौं । क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने सहभागी टिम जमैका तलाबाजले सेमिफाइनलमा ट्रिबागो नाइट राइडर्ससँग खेल्ने भएको छ । शनिबारको खेलमा जमैका बारबाडोज ट्रिडेन्ट्ससँग ७ विकेटले पराजित भएपछि यो समीकरण तयार भएको हो ।
जमैका अंकतालिकाको चौथो स्थानमा छ । उसको यो पाँचौं हार हो । पहिले ब्याटिङ गरेको जमैकाले ४ विकेट गुमाएर १ सय ६१ रन गुमाएको थियो । जवाफमा बारबाजोडजले १८.२ ओभर मात्र खेल्दै ३ विकेटमा १ सय ६५ रन बनायो ।
लामिछानेले ४ ओभर गर्दैै २६ रन दिएर १ विकेट लिए । लामिछानेको बलमा कप्तान जेसन होल्डर उनको बलमा एलबीडब्लू भए । ६ टोली सहभागी प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने नियम छ । सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानका टोलीबिच प्रतिस्पर्धा हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ भदौ २०७७, ०९ : ०९
लेखकबाट थप