काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज भर्चुअल बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बनाउन सो बैठक बोलाइएको हो ।
शनिबार दिउँसो २ बजेका लागि केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको एक नेताले बताए ।
बैठकमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा छलफल हुने बताइएको छ ।
सभापति शेरबहादुर देउवाले विभागमा मनोनयन मनपरी गरेको भन्दै पौडेल समूह आक्रोशित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान