काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा सांसद देवेन्द्र पौडेल सहितको टोली लिएर बाग्लुङ पुगेका गृमन्त्री थापाले प्रभावित समुदायलाई राहत वितरण गरेका छन् ।
बादलले ढोरपाटन नगरपालिका वडा नम्बर–९, ८ र ७ का प्रभावित क्षेत्रको अवलोकन गरेको उनको सचिवालयले जानकारी दिएको छ । बिहिबार खराब मौसमको कारण गृहमन्त्री ‘बादल’ सवार नेपाली सेनाको हेलिकप्टर पोखरामा रोकिएको थियो ।
बिहिबार राती ढोरपाटन–९ स्थित बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो । बोबाङमा १४ जनाको शव फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ भदौ २०७७, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थिरताका लागि एमाले–माओवादी गठबन्धन बन्यो : बादल