नाईट्रोभेट सहित युवक पक्राउ

सोमबार, २१ फागुन २०७४, १८ : ५२
नाईट्रोभेट सहित युवक पक्राउ


मकवानपु । मकवानपुरको हेटौँडा उपमहानगरपालिका जिएस चोकबाट एक युवक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले आज बिहान साढे ७ बजेको समयमा हेटौँडा–४ जिएस चोकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा बकैया गाउँपालिका वडा नम्बर ५ छतिवनका २३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शरिर खानतलासी गर्दा जिन्सको पाईन्टको खल्तीमा नियन्त्रित लागुऔषध नाईट्रोभेट फेला परेपछि उनलाई पक्राउ गरेको बताएको छ । उनको साथबाट ९३ वटा पत्तामा ४५ ट्याब्लेट नाईट्रोभेट फेला परेको थियो । उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस