भरतपुर : नेकपा माओवादी केन्द्र चितवनले शहिद परिवारलाई अभिनन्दन गरेको छ । द्धन्द्धकालमा मारिएका र बेपत्ता भएका परिवारलाई सम्मान पत्र सहित पाटी कार्यालय भरतपुरमा (सोमबार) एक कार्यक्रमका बिच सम्मान गरिएको हो । द्धन्द्धकालमा मारिएका ९० जना र बेपत्ता भएका ३० गरी १ सय २० जनालाई सम्मान गरिएको शहिद परिवार चितवनकी फ्याक्सन ईन्र्चाज संगिता भट्टराईले जानकारी दिनुभयो ।
हरेक बर्ष फागुन १४ देखि २१ गतेसम्म माओवादी केन्द्रले शहिद सप्ताह मनाउने गरेको छ । कार्यक्रममा सांसद कञ्चन खनाल ,बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपाने , नेकपा माओवादी केन्द्र चितवनका महाधिवेश आयोजक समिति सदस्य संगिता भट्टराई लगाएत सम्मानित हुनु भएको थियो । कार्यक्रममा बोल्दै सांसद कञ्चन खनालले शहिदको बलिदानीले मात्र देशमा गणतन्त्र ,संघियता ,धर्म निरिपक्षेता लगाएतको परिवर्तन सम्भव भएको बताउनु भयो ।
त्यस्तै चितवन क्षेत्र नं. २ क का प्रदेश सभासद घनश्याम अभिनाशले माओवादी र एमालेको एकिकरण पछि बन्ने एकिकृत कम्युनिष्ट पार्टीले शहिदको सपना पुरा गर्न सक्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासद रामलाल महतोले अब बन्ने सरकारले शहिद परिवारको लागि विषेश प्याकेज ल्याउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रम नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष ईश्वरी भट्टराईको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस