नीता थापा मगरको नयाँ गीत ‘बाढुल्की लाग्छ’ ,भिडियो सहित सार्वजनिक

सोमबार, २१ फागुन २०७४, १८ : ०८

काठमाडौं । गायिका नीता थापा मगरको नयाँ गीत ‘बाढुल्की लाग्छ’ ,भिडियो सहित सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नीतासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना देखिएका छन् ।
राजनराज सिवाकोटीको संगीत रहेको गीतको शब्द डिपी खनालले कोरेका हुन् । गीतको एरेन्ज शाहस शाक्यले गरेका छन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस