भद्रगोलकी रक्षाको ‘सबैलाई थाहा छ....’

सोमबार, २१ फागुन २०७४, १८ : ०६

काठमाडौँ । हाँस्य श्रृखला भन्द्रगोल बन्द भएपनि यसकी अभिनेत्री एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा पनि ब्यस्त बन्दै गइरहेकी छन् । यस्तैमा उनले अभिनय गरेको गायक नागेन्द्र श्रेष्ठको सुमधुर आवाज रहेको गीत  ‘थाहा छ मेरो मुटुमा तिम्रो नाम छ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको संगीत रहेको गीतमा शब्द अरुण तिवारीले कोरेका छन् । भिडियोमा रक्षासँग र रञ्जन रिजालको अभिनय रहेको छ । पुरुषोतम सुवेदीको एरेन्ज रहेको गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् । अमृत सुनुवार स्वयमको छायांकन रहेको गीतलाई माधव बेलबासले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस