भरतपुर । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो ।
माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले सो क्षेत्रको सोमबार स्थलगत निरीक्षणसमेत गरेका छन् । अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको उनले बताए। ।
एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम काम अगाडी बढाईएको छ । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना हुने बताए ।
उनले भने, “अहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा छन्, पहिलो चरणमा तीनवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्नेछ ।” उनले भने–‘एउटा पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको छ ।’ माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ भदौ २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङको फू गाउँमा सशस्त्रको ‘बिओपी’ राखिने