किन मिल्दैन फोरमसँगको पटक-पटकको वार्ता

सोमबार, २१ फागुन २०७४, १६ : ००
किन मिल्दैन फोरमसँगको पटक-पटकको वार्ता

काठमाडौं । सत्तारुढ दल एमाले–माओवादी र संघीय समाजबादी फोरमबीचको सहमति लम्बिएको छ । विगत १० दिनदेखि फोरमलाई समेत सरकारमा सहभागि गराउने उदेश्यले बामगठबन्धन र फोरमबीच निरन्तर बार्ता र छलफल भइरहेपनि भागबण्डामा कुरा नमिल्दा ओली नेतृत्वको मन्त्रिपरिषदले पुर्णता समेत पाएको छैन् ।

संविधान संशोधनलाई मुल मुद्दा बनाएको फोरमले त्यसमा प्रतिवद्धता जनाए सरकारमा सहभागि हुने बताउदै आएको छ । तर, उसले मन्त्रालय र अरु पदीय भागबण्डामा चासो देखाएपछि सहमतिमा ढिलाई भएको वार्तामा सहभागी नेताहरुले बताएका छन् । 
फोरमले उपप्रधानमन्त्री, उपसभामुख र तीनवटा मन्त्रालय मागेपछि वार्ता लम्बिएको हो ।  

तर, प्रधानमन्त्री केपी ओली उपप्रधानमन्त्री नै नराख्ने पक्षमा छन् । त्यस्तै ओली तीन मन्त्रालय फोरमलाई दिन सहमत भएपनि उपसभामुख दिन तयार भैसकेका छैनन् । जसका कारण सहमति हुन ढिलाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस