एमाले स्थायी कमिटी बैठक बस्दै

सोमबार, २१ फागुन २०७४, १५ : ०६
एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकमा राष्ट्रपतिको उमेदवार छान्ने एमाले नेताहरूले जनाएका छन् ।

एमाले नेता एवम् प्रचार विभागका सचिव विष्णु रिजालले मंगलबार बस्ने बैठकले राष्ट्रपतिको उमेदवार तय गर्ने जानकारी दिए ।

एमाले–माओवादीको भागवण्डामा राष्ट्रपति एमालेले पाउने भए पनि एमालेभित्र उमेदवार कसलाई बनाउने भन्ने विवाद छ । नेता माधव नेपाल समूहले बरिष्ट नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने तर्क अघि सारेका छन् । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला राष्ट्रपपति विद्या भण्डारीलाई दोहोर्‍याउन चाहेको बुझिएको छ । र, भण्डारीले नै निरन्तरता पाउने बालुवाटार स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस